गजल

24 Feb

tikaram
टिकाराम सिंह

गुरु पढाईन सक्छन आफ्नै चेलाबाट
भाग्य चिनिने संसारमा हत्केलाबाट

बाबाले घरमा सानीमा भित्र्याउनुभो
ढिला भएछी आमा फर्किन मेलाबाट Continue reading

Gajal

29 Jan

किसान,
पोखरा

सक्नुपर्छ मुस्कुराउन सक्नुपर्छ हारमा पनि
जसरी मुस्कुराउछ चादनी अन्धकारमा पनि

कोही पाउनुलाई जिन्दगी ठान्छन कोही गुमाउनुलाई
कति भिन्न छन् यी मान्छेहरु विचारमा पनि

बावुले सन्तान मारेको खवर आए देखि
विश्वास लाग्न छोडेको छ तिम्रो प्यारमा पनि

अध्यारो मन भएको थाहा पाए जव
देखियौं अध्यारै देखियौं श्रृङगारमा पनि

सुन्थे अभावले मान्छेलाई अपराधी बनाउछ,
के साच्चै अभाव थियो र त्यो दरवारमा पनि?

Gajal

29 Jan

दीप मिलन
रुद्रपुर-०२ रुपन्देही
हाल दोहा कतार

नरिसाउन फूल नरिसाउन यार!
नजानी भयो भूल नरिसाउन यार!!

तिमी पारी म वारी कहिले सम्म चल्छ?
जोडौ प्यारको पूल नरिसाउन यार!!

तडप यो जलन म सक्दिन सहन,
म बन्छु काकल्कूल नरिसाउन यार!!

ओभाउन मान्दैन यो गहले अचेल,
फूट्छ आशुँको मूल नरिसाउन यार!!

दुखाउदिन अब मन तिम्रो कहिल्यै,
गर्छु यही कबूल नरिसाउन यार!!

गजल

10 Jan

नरेन्द्र बिहानी

आँफु डुबेर त्यो आँशुको जलाशयभित्र
अरू हसाउँने गुण हुन्छन् कतिपयभित्र

उ हारेर पनि जितको पथमा हिडेको छ
तिमी रूमल्लियौ एकछिनको बिजयभित्र

म यसरी गजलमा डुबिदिने सोचमा छु
जसरी डुबिदिन्छ कलाकार अभिनयभित्र

एकचोटि बहेको यो बतास रूकि दिन्छ
यस्तो जादु छ हजुरको सोन्दर्यभित्र

आज तिमी भेटने अबसर गुमाएँ फर्किएँ
सायद पुगिएन निश्चित समयभित्र

गजल

5 Jan

Image
जलन समर्पण 
जाजरकोट

घर भित्र कोहि थियो संघारमा कोही रैछ
मुटु भित्र कोही थियो निधारमा कोही रैछ

मर्न लाम लागेको थिएँ बाटो छेकि दियो
बुझे मैले म भन्दा नी हतारमा कोही रैछ

छाँया अाफ्नै साथ देख्दा लाग्यो मलाई
मेरो पनि अाफ्नो भन्ने संसारमा कोही रैछ

मेरो कोही छैन भनि डुबि मरे मझधारमा
मेरै लागि मर्न खोज्ने किनारमा कोही रैछ

बाँचेको र मरेकोमा फरक के छ भन्दै थियो
‘जलन’ झै अरू पनि महामारमा कोही रैछ

गजल

5 Jan

Image
टिकाराम सिंह 
खगेनकोट-९,मंसिरी जाजरकोट

नितान्तै नौलो काम थाल्ने सोचमा छु
गुमेका खुशीहरु संङ्गाल्ने सोचमा छु 

बाउबाजेले कुटोकोदालो उचालेका थिय 
तर म भने पहाड उचाल्ने सोचमा छु

हेरौ कत्तिको सफल हुन्छु भबिश्यमा
अनाथ टुहुराहरुलाई पाल्ने सोचमा छु 

लोडश्रेनिङ्को पिडा सहन गाह्रो भयर
सूर्य नै पृथ्वीमा खसाल्ने सोचमा छु

लक्ष्य र उदेश्य बिनाको जिन्दगीलाई 
अब म लीलाममा फाल्ने सोचमा छु

गजल

5 Jan

टिकाराम सिंह
खगेनकोट-९,मंसिरी जाजरकोट

नितान्तै नौलो काम थाल्ने सोचमा छु
गुमेका खुशीहरु संङ्गाल्ने सोचमा छु

बाउबाजेले कुटोकोदालो उचालेका थिय
तर म भने पहाड उचाल्ने सोचमा छु

हेरौ कत्तिको सफल हुन्छु भबिश्यमा
अनाथ टुहुराहरुलाई पाल्ने सोचमा छु

लोडश्रेनिङ्को पिडा सहन गाह्रो भयर
सूर्य नै पृथ्वीमा खसाल्ने सोचमा छु

लक्ष्य र उदेश्य बिनाको जिन्दगीलाई
अब म लीलाममा फाल्ने सोचमा छु

%d bloggers like this: